काठमाडाैं । सुर्खेतमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
सुर्खेतको लाटीकोइलीका ४३ वर्षीय पदमबहादुर बिसीको उपचारका क्रममा प्रादेशिक अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए।
बिसीको आज बिहान साढे १० बजेतिर मृत्यु भएको थियो।
सोमबार बिहान पौने १० बजेतिर सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२००१ ज् ०६२३ नम्बरको गाडीले विपरित दिशाबाट आउँदै बिसी सवार भे.६ प. ३३२१ ननम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनाका गम्भीर घाइते बिसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गाडी चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ का ४४ वर्षीय बालकृष्ण रिजाल प्रहरी नियन्त्रणमा छन्।
घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार












प्रतिक्रिया