काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहलाई सार्वजनिक बहसमा जान नचाहनु लोकतान्त्रिक मूल्य र चरित्रविपरीत भएको बताएका छन्।

पोखरेलका अनुसार राज्यको नेतृत्वमा दाबी गर्नेहरूले जनताका प्रश्न र खुला संवादबाट भाग्न नपाउने हो।

advertisement

पछिल्ला दिनमा सामाजिक सञ्जाल र राजनीतिक वातावरणमा प्रधानमन्त्रीका दाबेदार एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति गगन थापा र रास्वपा नेता बालेन्द्र शाहबीच सार्वजनिक बहस आवश्यक रहेको आवाज उठिरहेको छ। यसमा अध्यक्ष ओली सहमत देखिए पनि बालेन्द्र शाह तयार छैनन् भने सभापति थापा मौन छन्।

महासचिव पोखरेलले भने, ‘लोकतान्त्रिक राजनीति नीतिहरूको संवाद र छनोटमा आधारित हुन्छ। नीति–संवादबाट भाग्नु र जनसम्पर्कबाट टाढा रहनु कुनै पनि हालतमा उचित होइन।’

उनले थपे, ‘राज्यको नेतृत्वको दाबी गर्नेहरूले त झन् प्रश्न र संवादबाट भाग्न पाउँदैनन्। भाद्र २३ र २४ मा भएका उत्तेजना र कुकर्मको भारी अरूको काँधमा थोपर्ने प्रवृत्ति अझ हानिकारक छ। प्रतिसोध र पूर्वाग्रह लोकतान्त्रिक चरित्र होइन र कहिल्यै हुन सक्दैन।’

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com