काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले उत्तेजनाको राजनीतिमा विश्वास नराख्ने बताएका छन्। सर्लाही–४ बाट फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका थापाले निर्वाचन अघि भिडियो सन्देश जारी गर्दै आफ्नो धारणा व्यक्त गरेका हुन्।
सभापति थापाले भनेका छन्, म मधेस जाँदैछु किनभने म देश जोड्न चाहन्छु। म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु अनि मधेसका कथा, व्यथा र पीडाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन चाहन्छु। सबैको सम्मान रहँदै गर्दा नेपालीहरूको सम्मान रहने कुरामा म विश्वास राख्छु।
उनले थपे, म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ तर अधिकार नभईकन सबैका बीचमा एकता हुन्छ भन्ने कुरामा पनि विश्वास राख्दिनँ।
फागुन २१ को निर्वाचनमा सभापति थापा सर्लाही–४ बाट उम्मेदवार हुन्।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार











प्रतिक्रिया