काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकैको सडकमा गाडीबाट खस्दा केही व्यक्ति घाइते भएका छन्।

बालेन नेपालगञ्ज पुग्ने कार्यक्रम रहेसँगै उनका समर्थकहरू स्वागतका लागि विमानस्थल पुगेका थिए। सो क्रममा समर्थकहरू सवार रहेको गाडीको पछाडिको भागबाट केही व्यक्ति खसेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए।

advertisement

एसपी जिसीका अनुसार चार–पाँच जना समर्थक गाडीबाट खसेको सूचना प्राप्त भएको छ। ‘विमानस्थल परिसरभित्रको सडक भएकाले गाडी तीव्र गतिमा थिएन। त्यसैले सामान्य चोटपटक लागेको जानकारी आएको छ,’ उनले बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बालेन रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत बनेका छन्। उनी हाल चुनावी प्रचार–प्रसारका क्रममा पश्चिम नेपालतर्फ गएका हुन्। बालेन झापा–५ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन्।

यसअघि झापामा उम्मेदवारी दर्ता गरेपछि पूर्वी पहाडी जिल्लाहरूको भ्रमण पूरा गरी काठमाडौं फर्किएका बालेन त्यसपछि पश्चिमतर्फ प्रस्थान गरेका हुन्।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com