काठमाडौं । नेपालमै पहिलो पटक रोटरी प्रेसिडेन्ट एक्सन ग्रुप २०२५–२६ को पहलमा आयोजित रोटरी हाट बजार ५ हजार भन्दा बढीले अवलोकन गरेका छन् ।

काठमाडौंको थापाथलीस्थित रोटरी भवन परिसरमा शनिबार र आइतबार चलेको हाट बजारमा पञ्चकन्या पूजा, धिमे बाजा र स्वस्ति वाचनसहित उद्घाटन गरिएको हाट बजारमा स्थानीय उत्पादन, हस्तकला, खाद्य परिकार, फेसन सामग्री तथा सिर्जनात्मक वस्तुहरूको प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

advertisement

कार्यक्रममा नेवारी खाना, हस्तकला, कला–संगीत, खेलकुद, म्याजिक शो, ओपन माइक, चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताजस्ता गतिविधिहरू सञ्चालन गरिएका थिए । इन्टराक्ट र रोट्र्याक्टमार्फत युवाहरूको उल्लेखनीय सहभागिता थियो ।

विशेषगरी महिला उद्यमीहरूको सक्रिय सहभागिता रहेको यस कार्यक्रमले साना उद्यमशीलता र आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याएको आयोजकहरूले बताएका छन् ।

रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष तथा कार्यक्रम संयोजक निर्मल ढकालका अनुसार हाट बजार समुदाय, संस्कृति र उद्यमशीलतालाई एउटै मञ्चमा जोड्ने सफल प्रयास हो ।

रोटरी क्लब अफ काठमाडौंका अध्यक्ष राजेन्द्र गौतमले यस कार्यक्रमले रोटरीको सकारात्मक छवि अझ बलियो बनाएको बताए ।

विभिन्न रोटरी क्लबहरूको सहकार्यमा आयोजना गरिएको हाट बजार सर्वसाधारणका लागि खुला गरिएको थियो । आयोजकहरूले आगामी दिनमा उपत्यकाबाहिर पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना रहेको जनाएका छन् ।

प्रकाशित मिति: १२ माघ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com