काठमाडौं । अजरबैजान पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ निवासी तथा भोजपुरको हतुवागढी गाउँपालिका–९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मा रहेका छन्। उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विश्वकर्माले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई अजरबैजान पठाइदिने भन्दै चार जना पीडितबाट कुल चार लाख रुपैयाँ ठगी गरेका थिए। रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–३२ क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका विश्वकर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया