काठमाडौं । संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा युवाहरुको प्रदर्शन भएको छ। असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा कानूनी रुपमा पुनःस्थापना हुनुपर्ने माग गर्दै नागरिक युवा समाज नामक संस्थाका सदस्यहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन्।
उनीहरूले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासँग सम्बन्धित मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा सुनिश्चित गर्न अदालतले चाँडै निर्णय दिनुपर्ने विश्वास व्यक्त गरे।
युवाहरूको मुख्य माग संसदको शीघ्र पुनःस्थापना र कानूनी तवरबाट देशलाई विधिसम्मत सञ्चालन गर्ने वातावरण सुनिश्चित गर्नु रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले “संविधान बचाउ”, “संसद फर्काउ”, “लुटिएको संसद फिर्ता गर”, “बिघठित संसद पुनःस्थापना गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित जोरदार नारावाजी गरेका थिए।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया