काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले नवीकरणीय ऊर्जाको विकास र ऊर्जा दक्षताको माध्यमबाट हरित अर्थतन्त्र प्रवर्द्धन गर्नु आजको आवश्यकता रहेको बताएका छन्।

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित स्वच्छ ऊर्जाको कार्यान्वयनबाट नेपालको हरित अर्थतन्त्र विकास सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री सिन्हाले ऊर्जा स्रोतको समुचित उपयोग, बचत तथा संरक्षण गर्दै आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए।

advertisement

उनले भने, ‘नविकरणीय उर्जाको विकास तथा उर्जा दक्षतामार्फत उर्जाको समुचित उपयोग, बचत र संरक्षण गर्दै आधुनिक उर्जाको पहुँचमा वृद्धि गरी दिगो विकासको लक्ष्य प्राप्तिको लागि दिगो उर्जाको अवधारणा, हरित ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने असर न्यूनिकरण तथा अनुकुलन मार्फत हरित अर्थतन्त्र प्रवर्द्धन, उर्जा सममिश्रण र उर्जा सुरक्षाको सुनिश्चितता गर्नु आजको हामी सबैको लागि आवश्यक छ।’

उनले नवीकरणीय ऊर्जाको विकास, ऊर्जा दक्षता अभिवृद्धि, हरित ग्यास उत्सर्जनबाट वातावरणमा पर्ने असर न्यूनीकरण तथा अनुकूलनमार्फत हरित अर्थतन्त्र प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। साथै ऊर्जा समिश्रण र ऊर्जा सुरक्षाको सुनिश्चितता सबैको साझा दायित्व भएको उनको भनाइ थियो।

मन्त्री सिन्हाले नेपाल अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था र अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सदस्य राष्ट्र रहेको उल्लेख गर्दै जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताको पक्ष राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताए।

उनले दिगो विकास लक्ष्य-२०३० को कार्ययोजना, तेस्रो राष्ट्रिय निर्धारित योगदान, १६औँ योजना, विद्युत् खपत वृद्धि तथा इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०८०, ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना–२०८१ लगायतका नीति तथा योजनाहरूमा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र स्वच्छ ऊर्जा रूपान्तरणलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए ।

उनले भने, ‘नेपाल अन्तराष्ट्रिय नविकरण उर्जा संस्था र अन्तराष्ट्रिय सौर्य एयरलाइन्सको सदस्य तथा जलवायु परिवर्तन सम्बन्धि पेरिस सम्झौताको पक्ष राष्ट्र हो । दिगो विकासका लक्ष्य सम्बन्धि सन २०३० को कार्ययोजना, तेस्रो राष्ट्रिय निर्धारित योगदान, १६ औँ योजना, विद्युत खपत वृद्धि तथा इन्धन न्यूनीकरण सम्बन्धि कार्य २०८०, उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ लगायत नेपालले अघि सारेका उर्जा र जलवायु परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय प्रतिवद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय उर्जा, उर्जा दक्षता र स्वच्छ उर्जाको रुपान्तरणलाई उच्च प्राथमिकता नेपालले दिएको छ ।’

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com