काठमाडाैं । काठमाडौंको जमलमा तीन वटा सवारी साधन ठोक्किएका छन्।
मंगलबार मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो।
प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्।
उनको उपचारको लागि ट्रमा सेन्टर लगेको एसपी भट्टराईले बताए।
घाइतेको अवस्था सामान्य रहेको उनले बताए।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया