काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय धेरै सोचेर लिएको बताएका छन्। सर्लाही–४ मा स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मधेशका समस्या देशकै सरोकारका विषय भएकाले आफू त्यहाँ उम्मेदवार बनेको स्पष्ट पारे।

थापाले सर्लाही पार्टी समितिले पटक–पटक उम्मेदवार बन्न आग्रह गरेपछि यो पटक अवसर बनेको बताए। मधेशका मुद्दा नजिकबाट बुझेर प्रभावकारी रूपमा उठाउन भित्री मधेशको जिल्ला रोजेको उनको भनाइ छ।

advertisement

उनले अब काठमाडौंमा मधेशका विषयमा फरक र गहिरो बहस हुने दाबी गर्दै भने, ‘अब मधेशको मुद्दा उठ्ने मात्र होइन, समाधानतर्फ अघि बढ्छ।’

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com