काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वसांसद ढाकाकुमार श्रेष्ठले श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।

केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार पार्टी अध्यक्ष हर्क साम्पाङले औपचारिक रूपमा स्वागत गरेका छन्।

advertisement

साम्पाङले फेसबुकमार्फत लेखेका छन्, “ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब सबै मिलेर अगाडि बढौं।”

पूर्वसांसद श्रेष्ठ रास्वपाबाट समानुपातिक सांसद रहँदा स्वास्थ्य मन्त्री बन्ने उद्देश्यले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडिओ बाहिरिएको थियो। उक्त अडिओ सार्वजनिक भएपछि रास्वपाले उनलाई अनुशासनको कारबाही गरेको थियो।

त्यसैगरी, उनीमाथि कास्की प्रहरीले मेडिकलबाट प्रतिबन्धित औषधि ‘ट्रामाडोल’ बिक्री गरेको आरोप लगाउँदै पक्राउ गरेको थियो। पछि ७५ हजार रुपैयाँ धरौटी बुझाएर उनलाई रिहा गरिएको थियो।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com