काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुनको पहिलो साता आफ्नो वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा वाचापत्र लेखन कार्य भइरहेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए। वाचापत्र निर्माणका लागि रास्वपाले वाग्लेको संयोजकत्वमा ‘वाचापत्र मस्यौदा कार्यदल’ गठन गरेको हो, जसमा डा. नन्दन यादव, डा. अरनिको पाण्डे लगायतको सहभागिता रहेको छ।
प्रवक्ता झाले भौगोलिक क्षेत्र, व्यावसायिक तथा क्षेत्रगत सुझाव र पार्टी संयन्त्रबाट प्राप्त सुझावका आधारमा वाचापत्रको मस्यौदा तयार पारिँदै आएको बताउँदै फागुनको पहिलो सातामै सार्वजनिक गर्ने तयारी भइरहेको उल्लेख गरे।
रास्वपा वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा सहभागी हुँदैछ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया