काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। यसको असरले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल रहनेछ।
आज दिउँसो उच्च पहाडी र हिमाली भूभागमा पूर्णतया बादल लाग्ने अनुमान छ। बाँकी पहाडी र तराईका भूभागमा सामान्यतया बादल रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षा हुने सम्भावना छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बाँकी स्थानमा मध्यम वर्षा हुन सक्छ। बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा, साथै कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
आज राति देशको पहाडी र हिमाली भूभागमा आंशिक बादल रहनेछ र बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया