मुम्बई । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ। ६६ वर्षीय पवारको बुधबार बिहान करिब ८ः४५ बजे बारामतीमा भएको दुर्घटनामा मृत्यु भएको हो।

प्रारम्भिक विवरणअनुसार, मुम्बईबाट चार्टर्ड विमानमार्फत बारामती जाँदै गरेका पवारको विमान बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। अवतरणका बेला विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको जनाइएको छ।

advertisement

दुर्घटनामा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी तथा एक उडान परिचारिकासमेत गरी कुल पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले पुष्टि गरेको छ। यसअघि केही सञ्चारमाध्यमले मृतक संख्या छ जनाको भएको उल्लेख गरे पनि डीजीसीएले पाँच जनाको मृत्यु भएको स्पष्ट पारेको छ।

अजित पवार महाराष्ट्र पञ्चायत चुनावको प्रचारका लागि चारवटा चुनावी र्‍यालीलाई सम्बोधन गर्न बारामती जाँदै थिए। घटनाको समयमा उनका काका शरद पवार र सांसद सुप्रिया सुले भने दिल्लीमा रहेको बताइएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com