काठमाडाैं । चुनावी अभियानका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको भ्रमणका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाह बुधबार डडेल्धुरा पुगेका छन्।
हिमपातले मौसममा मनोरम दृश्य देखेका उनले एक तस्बिर डडेल्धुराबाट पोस्ट गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै भनेका छन्,‘सुदूर अब दूर नाई, झिकै झिकै मया तम्लाई।’
उनले कांग्रेसका निवर्तमान सभापति तथा प्रतिनिधि सभामा निरन्तर जित निकालेका शेरबहादुर देउवाको गृह जिल्लामा खिर खाएर राजनीतिक गति बढाएका छन्।
सुदूरपश्चिमका जिल्लाको अभियानमा हिँडेका बालेनको टीमको बुधबारको यात्रा दार्चुलासम्म पुगेर विश्राम लिने तय छ। डडेल्धुरापछि बाजुराको यात्रा रहने बताइन्छ।

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया