काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह यतिबेला सुदूरपश्चिम प्रदेश भ्रमणमा रहेका छन्। मंगलबार सुदूर तराईका कैलाली र कञ्चनपुरमा चुनावी गतिविधिमा सहभागी भएपछि उनी बुधबार बिहानै पहाडी क्षेत्रतर्फ प्रस्थान गरेका हुन्।
भ्रमणका क्रममा बालेन हाल डडेलधुरा पुगेका छन्। सुदूरपश्चिमका पहाडी भूभागतर्फ उक्लँदै गर्दा बाटोमा हिमपातसमेत भइरहेको बताइएको छ।
यसैक्रममा बालेनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर सार्वजनिक गर्दै त्यसमा डोटेली भाषामा क्याप्सन लेखेका छन्। उनले ‘सुदूर अब दूर नाई’ भन्दै ‘झिक्कै–झिक्कै माया तम्लाई!’ उल्लेख गरेका छन्, जसले स्थानीय संस्कृतिप्रतिको आत्मीयता झल्काउँछ।
यस्तै, बालेनसँगै भ्रमणमा रहेका समर्थकहरूले डडेलधुराको साहुखर्कमा उनले खिर खाइरहेको तस्बिरसमेत सार्वजनिक गरेका छन्। ती तस्बिरहरू सामाजिक सञ्जालमा चर्चामा रहेका छन्।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया