रौतहट । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा चुनावी नारा र प्रचारप्रसारको क्रम बढ्दै गएको छ। यसैबीच पत्रकार ऋषि धमलाको चुनावी अभियानमा उनको पत्नी एलिजा गौतमले सामाजिक सञ्जालमार्फत सक्रिय समर्थन जनाएकी छन्।
एलिजा गौतमले फेसबुकमा तस्बिरसहित स्टाटस लेख्दै ‘अबकी बार, धमला सरकार’ भन्ने नारा सेयर गरेकी छन्। तस्बिरमा रौतहट–४ का मुद्दा र विकासबारे संवाद गर्दै ऋषि धमलासँगको उपस्थिती देखाइएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रौतहट–४ बाट उम्मेदवारी दिने धमलाले यस नारालाई आफ्नो चुनावी अभियानको केन्द्रविन्दु बनाएका छन्।
सामाजिक सञ्जालमा पत्नीको समर्थन र आकर्षक नारासँगै धमलाको प्रचार अभियानले स्थानीय तहमा ध्यानाकर्षण बढाइरहेको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया