काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मनी लाउन्डरिङ (सम्पत्ति शुद्धिकरण) सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तुरुन्त जफत गर्नुपर्ने चेतावनी दिएका छन्। बुधबार सम्पत्ति शुद्धिकरण विभागले आयोजना गरेको कार्यक्रममा उनले यो धारणा राखेका हुन्।

खनालले अन्तर्राष्ट्रिय संस्था एफएटीएफ (Financial Action Task Force) र एपीजी (Asia Pacific Group) का प्रतिनिधिहरूले नेपालको प्रगतिप्रति चासो राख्दै पनि पर्याप्त प्रमाण प्रस्तुत नभएको बताए। उनले भने, “सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित आर्थिक अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति तत्काल जफत गर्नुपर्छ। त्यसको विवरणसहित प्रमाण लिएर अन्तर्राष्ट्रिय समुदायलाई देखाउन सके नेपाल ग्रेलिस्टबाट छिट्टै बाहिर निस्कनेछ।”

advertisement

उनी निर्दोषलाई फसाउन नभएको स्पष्ट गर्दै, अनुसन्धान, छानबिन, मुद्दा दायर गर्ने निकायहरूले सक्रियताका साथ प्रमाण जुटाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा उद्योगमन्त्री अनिल सिन्ह्वाले भने, “नेपाल ग्रेलिस्टबाट बाहिर निस्कन सबै निकायहरू बराबरी जिम्मेवार छन्। आन्तरिक कार्ययोजना बनाइ व्यवस्थित रूपमा अघि बढाउन जरुरी छ।”

त्यस्तै, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकिङ क्षेत्रमा सम्पत्ति शुद्धिकरणको जोखिम उच्च हुने र यसले अर्थतन्त्रमा असर पार्ने बताए। उनले तेस्रो राष्ट्रिय मूल्यांकन समयमै सम्पन्न गर्नुपर्ने र सबै निकायले आफ्नो भूमिका प्रभावकारी रूपमा निभाउनुपर्ने जोड दिए।

खनालले अन्त्यमा भने, “सम्पत्ति शुद्धिकरणको अपराधमा संलग्न व्यक्तिहरूको सम्पत्ति राष्ट्रले जफत गर्नुपर्छ र त्यसलाई विक्री गरी अर्थतन्त्रमा उपयोग गर्नुपर्छ। यस विषयमा प्रभावकारी कदम चाल्न सबै निकाय सचेत हुनुपर्छ।”

प्रकाशित मिति: १४ माघ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com