काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएका नेताहरूलाई निष्कासन गरेको छ।
पार्टीका संरक्षक महन्थ ठाकुर र पार्टी अध्यक्ष उपेन्द्र यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ६ जना प्रतिनिधिसभा सदस्य बनेका बागी उम्मेदवारसहित ८ जना नेताहलाई पार्टीबाट निष्कासन गरेको छ।
यसरी निष्कासनमा पर्नेहरूमा पर्साका प्रदीप यादव, बाराका कमरूल्लाह अन्सारी, नवलकिशोर सिंह, चन्दनकुमार सिंह र आत्माराम साह, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादव रहेका छन्।
आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णय विपरीत पार्टीको आधिकारिक उम्मेदवार विरूद्ध उम्मेदवारी दिने तथा पार्टी हित, पार्टी अनुशासन र विधान विपरीत कार्य गरेकोले आजैका मितिदेखि लागू हुने गरी पार्टीबाट निष्कासन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया