काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले देश चुनावी प्रक्रियामा प्रवेश गरिसकेकाले संसद् पुनर्स्थापनाको विषयमा चर्चा नगर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै बाँस्कोटाले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दाको फैसला प्रक्रियागत कारणले चुनावपछि मात्र आउने बताएका छन्। त्यसैले यस विषयलाई लिएर अनावश्यक बहस नगर्न उनले आग्रह गरेका हुन्।
“देश चुनावमा गइसकेको छ, तर केही मानिस अझै संसद् पुनर्स्थापनाको कुरा गरिरहेका छन्,” उनले लेखेका छन्। “अन्ततः भन्छु, प्रक्रिया लामो भएकाले फैसला पनि चुनाव सकिएपछि नै आउनेछ,” बाँस्कोटाको भनाइ छ।
बीचमा केही समय संसद् पुनर्स्थापनाको मुद्दा ओझेलमा परेको थियो। तर पछिल्ला केही दिनदेखि यो विषय पुनः चर्चामा आएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया