काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नर्वेली राजदूत ड्याग्नी मियोससँग शिष्टाचार भेटवार्ता गरेकी छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितसम्बन्धी विषयमा छलफल भएको थियो।
उक्त अवसरमा राजदूत मियोसले नेपालको पहिलो महिला प्रधानमन्त्री भएकामा कार्कीलाई बधाई दिँदै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरिन्। उनले नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायतका क्षेत्रमा नर्वेले सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा सरकारमा आउनुपरेको भए पनि देश बिस्तारै सामान्य अवस्थामा फर्किँदै चुनावतर्फ अघि बढेको बताइन्। उनले नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र सहयोगका लागि पनि धन्यवाद व्यक्त गरिन्।
राजदूत मियोससँग प्रधानमन्त्री कार्कीको यो पहिलो भेटवार्ता हो।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार












प्रतिक्रिया