काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनपछि पनि पुरानै राजनीतिक समीकरण दोहोरिएमा देशमा स्थिर सरकार बन्न नसक्ने चेतावनी दिएका छन्। स्थिर सरकार नबन्दा पुरानै सत्ता गठबन्धनले मुलुकलाई बारम्बार सरकार परिवर्तनको चक्रमा फसाउने जोखिम रहेको उनको भनाइ छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै वाग्लेले भनेका छन्, “चुनावपछि फेरि पुरानै गणित दोहोरियो भने स्थिर सरकार सम्भव हुँदैन। यसले स्पष्ट नीति, तीव्र सुधार र प्रभावकारी कार्यसम्पादनलाई झनै जटिल बनाउँछ।” उनले पुराना गठबन्धनका नाममा हुने सत्ता–सम्झौता, तानातान र पदलालचले देशलाई पुनः ‘सरकार फेर्ने घनचक्कर’मा पुर्याउने उल्लेख गरेका छन्।
उनका अनुसार यस्तो अवस्थाको प्रत्यक्ष असर विकास, लगानी, रोजगारी तथा नागरिक सेवामा पर्छ। त्यसैले स्थिर सरकारका लागि रास्वपालाई बहुमत दिन उनले मतदातासमक्ष आग्रह गरेका छन्।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया