काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।
मुटुको समस्या देखिएपछि बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनलाई क्याबिनमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था बुझ्न पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत नेताहरू अस्पताल पुगेका छन्।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया