काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
बिहीबार उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार हाल नेपाललाई क्याबिनमा राखेर उपचार भइरहेको छ।
उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित अन्य नेताहरू अस्पताल पुगेका छन्।
७२ वर्षका नेपालकाे स्वास्थ्य अवस्था स्थिर रहेको बताइए पनि चिकित्सकको निगरानीमा उपचार जारी रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार












प्रतिक्रिया