काठमाडौं । टि–२० विश्वकप २०२६ मा नेपालको खेल दर्शकहरूको आकर्षणमा परेको छ। भारत र श्रीलंकामा आयोजना हुने प्रतियोगितामा नेपालका समूह चरणका सबै खेल मुम्बइको वानखेडे स्टेडियममा हुनेछन्।
मुम्बइ मिरर पत्रिकाका अनुसार नेपालको खेलको टिकट बिक्री भारतपछि दोस्रो सबैभन्दा बढी छ।
नेपालले समूह चरणमा निम्न खेल खेल्नेछः
-
८ फेब्रुअरी: इङ्ल्याण्डविरुद्ध
-
१२ फेब्रुअरी: इटलीविरुद्ध
-
१५ फेब्रुअरी: वेस्ट इण्डिजविरुद्ध
-
१८ फेब्रुअरी: स्कटल्याण्डविरुद्ध
नेपालको प्रदर्शन र उत्साहित दर्शकले टिकट बिक्रीमा उच्च स्थान बनाएको बताइएको छ।
प्रकाशित मिति: १५ माघ २०८२, बिहिबार













प्रतिक्रिया