काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। देशभर आंशिक बदली रहनेछ। साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया