काठमाडौं ।  कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन त्याग गर्ने चार सहिद—धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री—सहित अन्य सहिदहरूको सम्झनामा यो दिवस मनाइने गरिन्छ। राणा शासनविरुद्ध आवाज उठाएको आरोपमा तत्कालीन सरकारले उनीहरूलाई मृत्युदण्ड दिएको थियो।

advertisement

ती सहिदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना सम्भव भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका साथै विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सम्पूर्ण सहिदहरूको सम्मान र सम्झनामा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com