काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरूले देखाएको बाटोमा अघि बढ्ने प्रण गर्नुपर्ने बताएका छन्।

सहिद दिवसको अवसरमा सभापति थापाले सहिदहरूको अदम्य साहस, सङ्कल्प र आदर्शप्रति उच्च सम्मान प्रकट गर्दै भने, “सहिदहरूले आफ्नो जीवन देश र जनताका लागि समर्पण गरेकै कारण आज हामी स्वतन्त्रतामा श्वास फेर्न सक्षम भएका हौं।”

advertisement

उनले २००७ सालको जनक्रान्ति देखि २०८२ सालको ‘जेन-जी’ विद्रोहसम्म, इतिहासका विभिन्न कालखण्डमा स्वतन्त्रता र अधिकारका लागि आफ्नो जीवन आहुति दिने सम्पूर्ण वीर सहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

सभापति थापाले नेपाललाई शान्त र समुन्नत राष्ट्र बनाउन सुदृढ र सबल लोकतन्त्र आवश्यक भएको उल्लेख गर्दै भने, “वीर सहिदहरूले देखाएको त्याग, बलिदान र आदर्शको मार्ग आत्मसात् गर्दै अघि बढ्नु सबैको दायित्व हो।”

उनले संविधानसभाबाट निर्मित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान’मा लिपिबद्ध जनअधिकारको प्रभावकारी कार्यान्वयन र आवश्यक परिमार्जन गर्नुपर्नेमा जोड दिँदै, स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा प्रयासबाट ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य पूरा गर्न सहिद दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com