काठमाडौं । बारबर्दिया नगरपालिकास्थित भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ल डेढ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बारबर्दिया–७ स्थित जनता माध्यमिक विद्यालय रम्भापुरको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीमा सहजीकरण गर्ने बहानामा सेवाग्राहीबाट रकम लिँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो।
अख्तियार प्रवक्ता सुरेश न्यौपानेले भने, “आयोगको बुटवल–नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले मल्ललाई रकमसहित बिहीबार नियन्त्रणमा लिएको छ र अनुसन्धान जारी छ।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया