काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले पार्टीको भित्री विश्लेषणबारे जानकारी गराएका थिए।
पोखरेलका अनुसार, सामाजिक सञ्जालमा फैलिएको हल्लाखल्लाले केही प्रभाव पार्न सक्छ, तर मतदाताबीचको धारणा हेर्दा पार्टी सो क्षेत्रमा सुरक्षित रहेको छ।
‘होला, सामाजिक सञ्जालमा हुने हल्लाखल्लाले केही प्रभाव त पारेको छ। तर मतदाताबीचको कुरा गर्दा हामी झापा–५ मा सुरक्षित अवस्थामा छौं,’ उनले भने। ‘त्यहाँ कुनै प्रकारको जोखिम छैन भन्ने पार्टीको विश्लेषण छ।’
झापा–५ मा एमालेबाट पार्टी अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन्। सो क्षेत्रमा राष्ट्रिय समाजवादी पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पनि चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया