काठमाडौं। रास्वपाका प्रभावशाली नेता तथा सर्लाही-४ का उम्मेदवार डा. अमरेशकुमार सिंहले जीवनकै सबभन्दा ठूलो मतान्तरले यसपटकको निर्वाचन जित्ने दाबी गरेका छन्। आफ्नो क्षेत्रमा निर्वाचन प्रचारप्रसारको क्रममा मिडियाकर्मीसँगको कुराकानीमा उनले आफ्नो जित निश्चित् रहेको दाबी गरेका हुन्।

सो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा चुनावी मैदानमा छन्। तर, सिंहले आफूले जीवनकै सबभन्दा ठूलो मतले चुनाव जित्ने आत्मविश्वास सुनाए। उनले यसपटक रास्वपाले एक्लै १६० सिट जित्ने दाबी गरे। मधेश प्रदेशमा ३२ सिटमा २० सिट त रास्वपा एक्लैले जित्ने र समानुपातिकतर्फ पनि रास्वपा नै पहिलो दल बन्ने उनको दाबी छ।

advertisement

उनले भने,‘अहिलेसम्म जिन्दगीमा मैले जति डिफरेन्सले चुनाव जित्दै आएको थिएँ, त्यो भन्दा जीवनको सबभन्दा बढि मत ल्याएर चुनाव जित्नेमा म विश्वस्त छु।’ यो निर्वाचनमा कांग्रेसले २० देखि २५ सिट जितेपनि त्यो धेरै ठूलो कुरा हुने सिंहको दाबी छ।

तर, बालेन शाहको नेतृत्वमा रास्वपाले एक्लैले १६० सिटभन्दा बढि जित्ने उनको ठोकुवा छ। उनले भने,‘मधेश प्रदेशमा ३२ सिट छ, त्यसमा रास्वपाले एक्लै २० सिट जित्छ। समानुपातिकमा पनि सबभन्दा बढि भोट रास्वपाले ल्याउँछ। किनकी अहिले मधेशी समूदायको लागि सत्ता परिवर्तनको समय हो।

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com