काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाम मगरहरूलाई छुट्टै स्वायत्त क्षेत्र दिने आश्वासन दिएका छन् ।
प्रचण्डले संविधानमा सात प्रदेशको मात्रै नभइ स्वायत्त तथा विशेष क्षेत्रको समेत व्यवस्था गरिएको हुनाले मगर–खाम स्वायत्त क्षेत्र बनाउन सकिने बताएका हुन्। शुक्रबार मगर समुदायसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘तपाईँहरूलाई थाहा छ, हामीले संविधान बनाउँदा धेरै ठुलो छलफल र बहस गरेपछि खालि सात वटा प्रदेश बनाउने निर्णय मात्रै भएको छैन संविधानमा,’ प्रचण्डले भने, ‘संविधानमा विशेष क्षेत्र, स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र बनाउने कुरा पनि लिपिबद्ध गरिएको छ।’
त्यो आफ्नै मेहनत र पहलमा भएको संयोजक प्रचण्डले बताए। संविधानमा व्यवस्था भएका कुरा कानुनमा व्यवस्था गरिए खाम–मगर सभ्यताका आधारमा स्वायत्त क्षेत्र बनाउन सम्भव रहेको प्रचण्डले बताए।
प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार













प्रतिक्रिया