काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो तराईका धेरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्नेछ भने कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १७ माघ २०८२, शनिबार












प्रतिक्रिया