काठमाडौँ  । वीरगञ्ज भन्सारमार्फत चालु आर्थिक वर्षको पहिलो छ महिनामा १८ अर्ब १५ करोड रुपैयाँ मूल्य बराबरका सवारीसाधन र पार्टपुर्जा आयात गरिएको छ।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा चालु आवमा सवारीसाधन र पार्टपुर्जा आयातमा करिब ६ अर्ब बढी वृद्धि भएको छ। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार, सवारीसाधन आयातमा उल्लेखनीय वृद्धि देखिएको छ।

advertisement

चालु आवको पहिलो छ महिनामा सवारीसाधन आयातबाट मात्र १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जबकि गत आवको सोही अवधिमा १२ अर्ब ७७ करोडको सवारीसाधन आयात हुँदा १० अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

वीरगञ्ज नाकाबाट चालु आवमा ४३४ वटा जीप, कार र भ्यान रु. ९३ करोड मूल्य बराबर आयात भएका छन्। साथै, ३२ हजार ३३१ वटा मोटरसाइकल अन-असेम्बल्ड गरी ४ अर्ब ५६ करोड मूल्यको आयात गरिएको छ।

त्यस्तै, ३८० वटा ट्रक तथा मिनी ट्रक रु. १ अर्ब ६ करोड, १० हजार ७९७ वटा ट्याक्टर तथा ट्रिलर रु. १ अर्ब २३ करोड, र ४५६ वटा विद्युतीय जीप, कार तथा भ्यान रु. १ अर्ब ३६ करोड मूल्यमा आयात भएका छन्।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com