काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी ओलीले फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन हुने वा नहुने अझै टुंगो नभएको बताएका छन्।

ओखलढुङ्गामा आयोजित एमालेको चुनावी भेलामा बोल्दै ओलीले उच्च पहाडी र हिमाली भेगमा मतदान असम्भव हुने भन्दै, त्यहाँ मान्छे नै नभएको ठाउँमा चुनाव नाटक मात्रै हुने बताए। उनले भने, “हिमाली भेगमा मान्छे नै छैन। मान्छे नभएको ठाउँमा बाक्सा राखेर के हुन्छ? ४ हजार मान्छे भएको ठाउँमा ४ जनाले भोट हालेर के हुन्छ? चुनावमा नाटक मात्रै हुन्छ।”

advertisement

ओलीले भदौ २३ र २४ गते देशलाई भयानक संकटमा पार्न उत्पात मच्चाइएको आरोप पनि लगाए।

साथै, उनले असंवैधानिक सरकारले विघटन गरेको संसदबारे सर्वोच्च अदालतले चाँडो निर्णय गर्नुपर्ने बताए। ओलीले भने, “अदालतले तत्काल फैसला दिनुपर्छ—चुनाव गर्ने कि संसद् पुनर्स्थापना गर्ने। हामीले पुनर्स्थापनाको माग गरिरहेका छौँ। संविधान मिचिएको छ भनेर नबोल्ने, मौन बस्ने अवस्था हुनुहुँदैन। अदालतले जे फैसला गरेपनि हामी स्वीकार गर्छौँ, तर चुनावअघि नै स्पष्टता आवश्यक छ।”

उनले संवैधानिक संकटको समयमा अदालत मौन बस्दा यसको औचित्यमाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुने चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com