काठमाडौं ।  नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ।

शनिबार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्य योजनालाई केन्द्रमा राख्ने बताए।

advertisement

चालिसेका अनुसार घोषणापत्र केवल आकांक्षा वा प्रतिबद्धतामा सीमित हुने छैन, कार्यान्वयनका लागि आवश्यक स्रोत, साधन र उपायसमेत स्पष्ट रूपमा उल्लेख हुनेछ। उनले भने, “घोषणापत्रमा कार्यक्रम मात्र होइन, त्यसका लागि स्रोत व्यवस्थापन कसरी गर्ने भन्ने विषय पनि समेटिन्छ।”

पार्टीले देशभरका जिल्लाबाट सुझाव सङ्कलन गरी सबै वर्ग, क्षेत्र र समुदायको भावना समेट्ने प्रयास गरेको जानकारी दिँदै चालिसेले भने, “कांग्रेसले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको घोषणापत्र ल्याउँछ। यसले वर्तमान चुनौती र भविष्यको दिशालाई एकसाथ सम्बोधन गर्दै जनतासामु विश्वासयोग्य विकल्प प्रस्तुत गर्नेछ।”

उनले थपे, “‘न्यु टेस्ट’ का नाममा देशलाई प्रयोगशाला बनाउनु हुँदैन। पार्टी पुरानो हुँदैन, विचार नयाँ दिने हो, नेतृत्व नयाँ दिने हो। विश्वभर पुराना पार्टीहरूमा नयाँ नेतृत्व आउने गर्छ र त्यही प्रक्रियाबाट भरोसायोग्य भविष्य निर्माण हुन्छ।”

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com