काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मतदातामाझ कांग्रेसलाई सबैभन्दा नयाँ दलका रूपमा प्रस्तुत गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

शनिबार काठमाडौं–४ निर्वाचन क्षेत्रको निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले हालै सम्पन्न विशेष अधिवेशनपछि कांग्रेस नयाँ रूप र सोचसहित अगाडि बढेको सन्देश घरघरमा पुर्‍याउन आग्रह गरे।

advertisement

उनले मतदातासँग भेट्दा यदि कसैले “यसपटक पुरानो पार्टीलाई होइन, नयाँ पार्टीलाई भोट दिन्छु” भने त्यसको जवाफ सोचेर दिन कार्यकर्तालाई सुझाए। ‘एकछिन रोकिनुहोस् र सोध्नुहोस्—पुरानो र नयाँको परिभाषा के हो? दुवैबीचको भिन्नता के हो?’ भन्दै उनले मतदातालाई प्रश्नमार्फत बुझाउन निर्देशन दिए।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com