काठमाडाैं। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मकवानपुर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाको शानदार जित सुनिश्चित रहेको दाबी गरेका छन्।

आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै बाँस्कोटाले थाहानगर भ्रमणका क्रममा देखिएको अनुभूति र राजनीतिक सन्दर्भलाई मिसाउँदै बर्तौलाको जित निश्चित रहेको उल्लेख गरेका हुन्। उनले लेखेका छन्,
‘शुभ बिहान ! थाहानगर जाँदा हामी । नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान–अग्लो ठाउँबाट परको हिमाल आफूभन्दा होचो र धुर्मैलो देखियो । अझ तलको थानकोट चन्द्रमाको क्रेटर । र, मानिस नि ? ए, ती त केवल कमिला जस्ता । राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भनौँ न यसलाई । तर महेश शानदार जित्छन् ।’

advertisement

बाँस्कोटा शनिबार मकवानपुरको थाहानगरमा आयोजित महेश बर्तौलाको चुनावी घरदैलो अभियानमा प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। सो अवसरमा उनले बर्तौलाको खुलेर प्रशंसा गर्दै उनमा संविधानसभा अध्यक्ष सुवास नेम्बाङको झल्को देखिने बताएका थिए।

आइतबार बाँस्कोटाले आफ्नो परिवारसहितको तस्बिर सार्वजनिक गर्दै पुनः एकपटक सामाजिक सञ्जालमार्फत महेश बर्तौलाको जित सुनिश्चित रहेको दाबी दोहोर्‍याएका हुन्।

 

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com