काठमाडाैं । खुकुरी प्रहार गरी एक जनाको हत्या भएको छ ।
चैनपुर नगरपालिका-१० इखम्बु बस्ने ४७ वर्षीय लिला प्रसाद राईको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५९ वर्षीय शिव कुमार राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आपसी वादविवादको क्रममा शिव कुमारले खुकुरी प्रहार गर्दा लिला प्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी खराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: १८ माघ २०८२, आइतबार













प्रतिक्रिया