वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही शहरमा भइरहेका प्रदर्शनमा स्थानीय निकायको अनुरोध नआएसम्म सङ्घीय सरकारले हस्तक्षेप नगर्ने नीति अघि सारेका छन्।

शनिबार वासिङ्टनमा बोल्दै ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई स्पष्ट निर्देशन दिइएको बताए र सङ्घीय सहायता आवश्यक परे मात्र हस्तक्षेप हुने बताए। आप्रवासन नीतिमा कडाइका कारण आलोचना भइरहेका बेला यो निर्णय आएको हो।

advertisement

ट्रम्पले सामाजिक सञ्जालमार्फत पनि स्पष्ट पारे, कमजोर रूपमा सञ्चालित शहरमा प्रदर्शन वा दङ्गामा सङ्घीय निकायले भाग नलिनेछ। तर, सङ्घीय सरकारी भवनमाथि आक्रमण भएमा ती संरचनाको सुरक्षा कडा गरिनेछ। उनले आप्रवासन तथा सीमा सुरक्षा निकायलाई आवश्यक रूपमा परिचालन गर्न निर्देशन दिएको जनाए।

यसअघि वासिङ्टन, लस एन्जलस, शिकागो र पोर्टल्यान्डमा नेशनल गार्ड र सङ्घीय सुरक्षाकर्मी तैनाथ गरिसकेको थियो। तर, त्यस्ता कदमविरुद्ध विरोध बढ्दै गएपछि नयाँ नीति लागू गरिएको हो।

मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसन तथा स्थानीय मेयरहरूले सङ्घीय आप्रवासन कारबाहीले संवैधानिक अधिकार उल्लङ्घन गरेको भन्दै कानुनी चुनौती दिएका थिए। संघीय न्यायाधीशले मुद्दा विचाराधीन रहँदै तत्काल रोक्न अस्वीकार गरेका छन्।

जनवरी महिनामा मिनियापोलिसमा संघीय अधिकारीद्वारा दुई व्यक्तिको गोली हानी मृत्यु भएपछि प्रदर्शन बढेको थियो। ट्रम्प प्रशासनका सीमा मामिला प्रमुख टम होमनले राज्य र स्थानीय सरकारले सहकार्य गरेमा सङ्ख्या घटाउन सकिने संकेत पनि दिएका छन्, जसलाई तनाव कम गर्ने प्रयासको रूपमा हेरिएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com