कञ्चनपुर।  कञ्चनपुरमा जंगलमा एक युवतीको शव फेला परेको छ।

कञ्चनपुरको बंग्यादोल खोलामा अर्धनग्न अवस्थामा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।

advertisement

भीमदत्त नगरपालिका–१० स्थित  तिल्केनी शान्ति सामुदायिक वनभित्र शनिबार दिउँसो सड्न थालेको अवस्थामा युवतीको शव फेला परेको हो।

जिल्ला प्रवक्ता प्रहरी निरीक्षक वीरेन्द्र थापाले शव पोष्टमर्टमका लागि शनिबार नै महाकाली प्रादेशिक अस्पतालमा पुर्‍याइएको बताए।

थापाका अनुसार अन्दाजी २५/२६ वर्ष जस्तो देखिने ती युवतीको पहिचान खुलिसकेको छैन।

सड्दै गरेको शवको प्रकृति हेर्दा केही दिन पहिले नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ।

युवतीको हत्या आशंका गरिएको छ। तर, पोष्टमर्टम रिपोर्टपछि मात्रै यकिनका साथ भन्न सकिने प्रहरी निरीक्षक थापाले बताए।

शवको पहिचान गर्ने प्रयास भइरहेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com