काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले ५४ औँ ‘ईद अल–इतिहाद’ राष्ट्रिय दिवसको अवसरमा २६७ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।

युएई सरकारले आममाफी दिएपछि आइतबार नेपाल सरकारले आभार र कृतज्ञता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

advertisement

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युएई सरकारबाट नेपाली नागरिकहरूलाई आममाफी प्रदान गरिएको जानकारी दिएको हो।

‘नेपाल सरकारले यस प्रकारको आममाफीलाई नेपाल–युएईबीच विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भावना र सौहार्दताको प्रतिफलका रूपमा उच्च मूल्याङ्कन गरेको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

आममाफीका लागि परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार आबुधाबीस्थित नेपाली दूतावासले पटक–पटक अनुरोध गर्दै आएको थियो। सोही पहलको परिणामस्वरूप युएई सरकारले आममाफी प्रदान गरेको मन्त्रालयले जनाएको छ।

आममाफी पाउने नेपाली नागरिकहरूको अन्य कुनै मुद्दा विचाराधीन नरहेमा उनीहरू स्वदेश फर्किन सक्ने व्यवस्था गरिएको पनि मन्त्रालयले स्पष्ट पारेको छ।

प्रकाशित मिति: १८ माघ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com