काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण देशभर आंशिक बदली रहँदा तराईका केही स्थानमा हुस्सु लागेको छ।

आज दिउँसो देशका हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी तराईका भू–भागमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ। यस अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको हिमपात र वर्षाको सम्भावना छ।

advertisement

यस्तै, आज राति पनि हिमाली भू–भागमा सामान्य बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमसहित अन्य प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली र तराईका भू–भागमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना कायमै रहनेछ।

महाशाखाका अनुसार तराईका भू–भागमा हुस्सु तथा कुहिरोको प्रभाव रहने र हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षा हुने सम्भावना रहेकाले चिसो बढ्न सक्छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन, पदयात्रा तथा हवाई र सडक यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com