काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो हिमाली क्षेत्रहरूमा साधारणतया बादल रहनेछन्। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, जबकि बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेको छ।
आज राति पनि हिमाली भू–भागमा साधारणतया बादल रहनेछ र गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बादल रहनेछ। तराईका बाँकी भू–भागमा मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना रहेकाले ती भू–भागमा चिसो बढ्नेछ।
महाशाखाले जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्य, साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया