काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आइतबार थप १८ हजार ८ सय रुपैयाँले घटेको थियो ।
सोमबार पनि सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार ३ लाख रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ लाख ८६ हजार ६ सय रुपैयाँ तोकिएको छ । हिजोको तुलनामा आज सुनको मूल्य १३ हजार ४ सय रुपैयाँले घटेको हो ।
यसअघि १५ गते सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको थियो । उक्त दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । उक्त दिनपछिको ३ कारोबार दिनमा सुनको मूल्य ५२ हजार ७ सयले घटेको हो ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया