काठमाडाैं । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ केबुलकार गेटअगाडि आज बिहान बसको ठक्करबाट घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।

गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–२ बस्ने अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३६८ नम्बरको बसले परियारलाई बिहान ८ः५३ बजे ठक्कर दिएको थियो । घाइते परियारलाई उपचारका लागि भरतपुर लगिएकामा १०ः२७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

advertisement

कैलाली लम्कीचुवा नगरपालिका–१२ का ४२ वर्षीय चालक सुभाष विश्वकर्मा र बसलाई इलाका प्रहरी कार्यालयको नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com