काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि नागरिकसँग विशेष आग्रह गरेकी छिन्।

मंगलबार उनी राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज समारोहमा प्रमुख अतिथि बनी पूर्वी नवलपरासीको हात्तिखोर पुगेकी थिइन्। कार्यक्रममा स्थानीय समुदाय, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री कार्कीले भनिन्,

advertisement

यो चुनाव नियमित चुनाव होइन, यो विशेष चुनाव हो। तपाईंहरूले शान्तिपूर्ण मतदान गर्नुपर्नेछ। व्यक्तिगत जित-हार दोस्रो कुरा हो, पहिलो प्राथमिकता देशको हित हुनु पर्दछ। देशको शान्ति र रूपान्तरणका लागि हामी सबै मिलेर सङ्कल्प गर्नुपर्ने बेला हो। शान्ति र सुव्यवस्था कायम भयो भने पालो नपाउनेहरू पनि न्याय पाउनेछन्।

दीक्षान्त कवाज समारोह सकिएपछि प्रधानमन्त्री कार्कीले उपस्थित विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा सञ्चारकर्मीसँग पनि अन्तरक्रिया गरिन्।

साथै उनले मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कमल पराजुली, प्रमुख जिल्ला अधिकारी भवीश्वर पाण्डे लगायत स्थानीय सुरक्षा अधिकारीहरूसँग चुनाव तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिइन्।

प्रधानमन्त्री कार्कीले सबै निकायलाई निर्देशन दिँदै चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्न भनेकी छिन्।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com