काठमाडौं। सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा तत्कालका लागि पेशी तोकेको छैन । अदालतले उक्त मुद्दामा माघ २८ गतेका लागि साधारण तारेख मात्र निर्धारण गरेको छ ।
यसअघि सर्वोच्च अदालत प्रशासनले मंगलबारका लागि साधारण तारेख तोकेको हुँदा आज मुद्दा पेशीमा चढ्ने अनुमान गरिएको थियो । त्यसैले संसद् पुनर्स्थापना सम्बन्धी मुद्दामा आज सुनुवाइ हुनसक्ने अपेक्षा गरिएको थियो ।
तर सर्वोच्च अदालतको मुद्दा शाखाले पेशी सूचीमा नचढाई पुनः माघ २८ गतेलाई साधारण तारेख तोकेको हो ।
अदालतको यो निर्णयसँगै संसद् पुनर्स्थापना सम्बन्धी मुद्दाको सुनुवाइ अझै केही समयका लागि अलमलमा परेको देखिएको छ ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार













प्रतिक्रिया