काठमाडौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार बुधबार बिहान लु३च ५४७२ नम्बरको निजी कार दुर्घटना हुँदा बुटबल उपमहानगरपालिका–१ का २७ वर्षीय शुभम् जैसवालको मृत्यु भएको हो।
काँकरभिट्टाबाट बुटवलतर्फ जाँदै गरेको कारमा रहेका चालक बुटबल उपमहानगरपालिका–१ का २३ वर्षीय साहिल बर्मा, ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन्।
घाइते सबैलाई बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको छ भने घाइतेमध्ये सञ्जय जैसवालको अवस्था गम्भीर छ।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार












प्रतिक्रिया