काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमासँग सम्बन्धित समस्याबारे सरोकारवालासँग छलफल गर्ने भएकी छन्। त्यसका लागि आज दिउँसो साढे १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बैठक तय गरिएको छ।
प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार बैठक स्वास्थ्य बीमाका सरोकारवालापक्षसँग हुनेछ।
स्वास्थ्य बीमाको भुक्तानीमा समस्या देखिएको कारण धेरै अस्पतालले बीमा कार्यक्रम स्थगित गरेका छन्।
प्रकाशित मिति: २१ माघ २०८२, बुधबार












प्रतिक्रिया